दोरम्बा गाउँपालिकाको केन्द्र टोकपुरमा नागरिकता लिनेको भीड



१८ कार्तिक, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको केन्द्र टोकपुरमा दुई दिने नागरिकता घुम्ती शिविर सुरु भएको छ । गाउँघरमा नै नागरिकहरुलाई सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र दोरम्बा गाउँपालिकाको समन्वयमा दुई दिने नागरिकता वितरण शिविर आइतवारबाट सुरु भएको हो ।


दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा आइतवार बिहानैदेखि नागरिकता लिने नागरिकहरुको भिड लागेको थियो । गाउँपालिकाको सात वटै वडाका १६ बर्ष उमेर पुगेका नागरिकहरु सदरमुकाम मन्थली धाउनु पर्ने बाँध्यता हटाउदै जिप्रका रामेछापले पछिल्लो समयमा गाउँपालिकाको केन्द्रबाटै घुम्ती शिविर मार्फत नागरिकता वितरणको काम गर्दै आएको छ ।


दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले साझसम्म २ सय ९८ जना बन्दा बढीले नागरिकता लिएको रामेछाप न्युजलाई बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माको नेतृत्वमा १२ जना नागरिकता टोलीले नागरिकता वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

नागरिकता बनाउन गाउँपालिकामा आएका नागरिकहरुलाई सेवा दिन सात वडाकै वडा अध्यक्ष र वडा सचिवहरुले नागरिता वितरणस्थल गाउँपालिकाको केन्द्रबाट नै सिफारिस प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्