रामेछापमा सार्वजनिक यातायातमा बढी भाडा लिए ठाउँको ठाउँ कारवाही (सूचना सहित)



२० कार्तिक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा असुल गर्नेलाई कारवाही गर्ने भएको छ । जिप्रका रामेछापले सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्नेलाई कारवाही गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार एक सूचना जारी गर्दै पटका, भुईचम्पा, आतासबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटक जन्य बस्तुहरुको उत्पादन ओसार–पसार, विक्री वितरण तथा प्रयोग गर्ने जस्ता सर्वसाधारणलाई त्रसित पार्ने कार्य गर्नेलाई कारवाही गरिने बताएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तिहारको अवसरमा खेलिने देउसी, भैलोलाई मर्यादित एवं व्यवस्थित रुपमा सञ्चालन नगरी जवरजस्ती गर्ने कार्य, एवं राती १० बजे पछि देउसी भैलो खेल्ने कार्यलाई निषेधित गरिएको बताउनुभयो । चार्ड पर्वको मनोरञ्जन गर्ने बाहनामा जुवा, तास जस्ता खेलहरु खेल्ने÷खेलाउने कार्य, अबैध मदिराको विक्री वितरण गर्नेमाथि करावाही हुने बताउदै उहाँले सर्वसाधारणलाई अत्यावश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरुको कृत्रिम अभाव खडा गर्नेलाई कडा कारवाही हुने बताउनुभयो ।

म्याद नाघेका एवं गुणस्तरहीन अखाद्य बस्तुहरु विक्रि वितरण गर्ने, अस्वभाविक मुल्य वृद्धि गरी कालो बजारी गर्ने गरेको पाइएमा कारवाही हुने बताउदै सूचनामा भनिएको छ, सामाजिक संस्थाका नाममा विभिन्न पेशा एवं व्यवसायीहरुबाट चन्दा रकम उठाउने कार्य नगर्न पनि जानकारी गराइएको छ । कानूनले निषेध गरेको सार्वजनिक स्थानमा मदिरा तथा सूर्तिजन्य पदार्थको वेचविखन तथा सेवन गर्ने कार्य नगर्न आग्रह गर्दै सूचनाको बर्खिलाप गरी कसैले गतलकाम गरेको पाइएमा कडा कारवाही हुने बताइएको छ ।

यस्तो जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको ८ बुँदे सूचना

प्रतिक्रिया दिनुहोस्