गाउँगाउँमा सिंहदरवारः दोरम्बा गाउँपालिकाको केन्द्रबाट ५०९ जनाले लिए नागरिकता



नारायण श्रेष्ठ
२० कार्तिक, रामेछाप । गाउँघरमा सेवा प्रवाह गर्ने उदेश्यको साथ जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको दुई दिने घुम्ती नागरिकता शिविरबाट दोरम्बा गाउँपालिकाका ५०९ जनाले नागरिकता प्राप्त गरेका छन् । सदरमुकाम मन्थली धाउन घण्टौ धाउनु पर्ने बाँध्यता हटाउदै जिप्रका रामेछापले दोरम्बा गाउँपालिकासँग समन्वय गरेर गाउँपालिकाको केन्द्रबाटै नागरिकता वितरण गरेको हो ।

घुम्ती शिविरबाट २७३ जना महिला र २३४ जना पुरुषले नागरिकता प्राप्त गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसा शर्माले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार मतदाता नामावलीमा नाम समावेश नभएका ५०९ जनाले फोटो सहितको मतदाता परिचयपत्रको लागि फोटो खिचाएका छन् ।

प्रजिअ शर्माले भन्नुभयो,‘नागरिकहरुलाई घरदैलोमा पुगेर सेवा प्रदान गर्नु हाम्रो दायित्व र कर्तव्य हो, आगामी दिनमा पनि घुम्ती नागरिकता शिविरलाई निरन्तरता दिन्छौ ।’ घुम्ती शिविरमा सीमान्कृत २२ जना थामी समुदायका नागरिकरुले पनि नागरिता प्राप्त गरेका छन् । नागरिकता प्राप्त गर्न साथ थामी समुदायले मासिक एक हजार रुपैयाँ भक्ता प्राप्त गर्ने गरेका छन् ।


दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलेले गाउँपालिकाको केन्द्रबाट नै नागरिकता वितरण हुनु निकै सकारात्म काम भएको बताउनुभयो । उहाँका अनुसार नागरिकता शिविरमा गाउँपालिकाका सात वटै वडाका नागरिकहरुले सेवा प्राप्त गरेको बताउनुभयो । आगामी दिनमा पनि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेर गाउँपालिकाको केन्द्रबाट नै नागरिकता वितरण गर्न कामलाई निरन्तरता दिने गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्