काठमाडौंबाट रामेछापकाे सुनापती हिडेको गाडी काभ्रेको मगंलटारमा दुर्घटना



२१ कार्तिक, काभ्रे ।
कठमाडौंबाट रामेछापको सुनापती गाउँपालिका जाँदै गरेको बुलेरो गाडी काभ्रेको मंगलटारमा दुर्घटना भएको छ । बिहान काठमाडौबाट चालक सहित १५ जना यात्रु लिएर गएको गाडी दुर्घटना भएको हो ।

ग १ ज ६६१४ नम्बरको गाडी टाटासुमोले ओभर टयाक गर्ने क्रममा साइट दिदा सडकबाट चिप्लिएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार गाडी दुर्घटनामा परी सात जना घाइते भएको र घाइते मध्ये चार जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।

अरु घाइतेको अवस्था भने सामान्य रहेको छ । उक्त गाडी तिहारमा घर हिडेका यात्रु लिएर काठमाडौंबाट सुनापती गाउँपालिका–४ बेथानतर्फ जादै गरेको थियो । इलाका प्रहरी कार्यालय काभ्रेका हल्वदार धुव्र श्रेष्ठले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । भक्तपुरबाट साढे छुटेको गाडी मंगलटारमा दुर्घटना थियो ।

प्रतिक्रिया दिनुहोस्