कुलमान घिसिङले देशलाई उज्यालो बनाएपछि कार्यालयमा नै सर्वसाधारणको भिड (फोटोफिचर)



स्नेहा सिलवाल
२२ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस बर्ष कतै पनि लोडसेडिङ हुन दिएन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मी पुजाको दिनै ढुक्क भएर बिजुली बाल्ने पाउने बताउनुभएको थियो ।

यस बर्ष नेपालीहरुले लोडसेडिङको तनाब बिना नै दिपावली मनाएका छन् । नेपालीहरुले मात्र होइनन, यस पटक नेपाल विद्युत प्राधिकरणले पनि केन्द्रीय कार्यालय रहेको रत्नपार्कमा दिपावली मनाएको छ । कार्यालयमा नेपालको झण्डा लगायतको दृष्य झिलिमिली बत्तिमा देखाएपछि कार्यालयमा फोटो खिच्नेहरुको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्