‘अब फेरि राष्ट्रिय सहमतिको सरकार’



काठमाडौं, २२ कात्तिक ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै नसक्ने बताउदै नीति तथा कार्यक्रम पनि त्यही अनुसार लागू गर्नुपर्ने बताएका हुन् ।


उनले भने,‘म फेरी दोहोर्याएर भन्छु, हामी सबैले अब घोषणापत्र पढ्नुपर्छ । प्रधानमन्त्री ओलीले त झनै दोहोर्याएर पढ्नुपर्यो । अध्यक्षदेखि पदाधिकारीले दोहोर्याएर पढ्नुपर्यो ।’ गौतमले आफूलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यैपनि पार्टीमा माग नराखेको बताउदै भने,‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधिसभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’
उनले आफूलाई पूनः संसदमा ल्याउनको लागि पार्टीको सचिवालय बैठकले चुनाव लडाउने भनेर सर्वसम्मतीले निर्णय गरेको पनि दाबी गरे । फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । उनले भने,‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्योपनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरु फलेको छ । फुलेको छ ।’

रिपोर्टस क्लवद्धारा विहिवार आयोजना गरेको देउसी भैलो कार्यक्रममा कुराकानी गर्दै नेता गौतमले अब राष्ट्रिय सरकारको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘राष्ट्रिय सहमतिको सरकार बनेपनि अब केपी र प्रचण्डकै नेतृत्वमा हुने हो । ओली, प्रचण्ड, देउवा, उपेन्द्र र महन्थको नेतृत्वमा हुन्छ । पालैपालो गरौं ।

प्रतिक्रिया दिनुहोस्