रामेछाप दोरम्बाका किसान किबी खेतीबाट मालामाल



२४ कार्तिक, रामेछाप ।
रामेछाप जिल्लामा उत्पादन भएको अर्गानिक किबी बजारमा पुगेको छ । स्वास्थ्यको लागि निकै फाइदाजक फलको रुपमा लिइने किबी बजारमा पुगेको हो । रामेछापको दोरम्बा, उमाकुण्ड, गोकुलगंगा लगायतको गाउँपालिकामा किसानहरुले केही बर्षदेखि व्यवसायिक रुपमा खेती सुरु गरेका छन् । कम लगानीमा नै राम्रो आम्दानी हुने भएपनि किसानहरु किबी आकृर्षित भएका छन् । रामेछापमा उत्पादन भएको किबी स्थानीय बजारदेखि राजधानी काठमाडौं हुँदै विदेशसम्म पुग्ने गरेको छ ।


रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–१ डडुवामा पनि किसानहरुले केही बर्षदेखि व्यवसायिक किबी खेती सुरु गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । चिसो ठाउँमा हुने भएकाले दोरम्बाको माथिल्लो क्षेत्रमा किबी खेती गर्ने क्रम बढ्दै गएको छ । दोरम्बा गाउँपालिका–१ डडुवाका किसान राङदान तामाङले केही बर्षयता किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै निजी ९० रोपनी जग्गामा उत्पादन गरेको किबी बजारमा ल्याउनुभएको छ ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यस बर्ष तीन टन भन्दा बढी किबी फल्यो, किबी टिपेर सबै बजारमा पुर्याइएको छ ।’ उहाँका अनुसार किबीको प्रतिकेजी २ सय रुपैयाँदेखि ४ सय रुपैयाँ पर्छ ।

काठमाडौंको बौद्ध, भक्तपुर लगायतको पसलहरुबाट किन्न सकिने गरी बजार व्यवस्थापन गरेको तामाङले राजधानी दिनुभयो । नेपाली बजारमा भारतीय किबी विक्रि हुँदै आएको बताउदै उहाँले भारतीय किबीको तुलनात्ममा नेपाली किबी महंगो मानिए पनि नेपालीहरुले पनि किन्न सक्ने गरी बजारमा पठाइएको उहाँले बताउनुभयो ।


तमाङले गत बर्ष उनले उत्पादन भएको आधा किबी केही मात्र बजारमा पठाएर आधा जति किबी वाइन बनाउन प्रयोग गर्नुभएको थियो । गत बर्ष भन्दा यस बर्ष सस्तो मुल्यमा किबी उपलब्ध गराइने बताउदै तामाङले भारतीय किबीको मुल्यको तुलनामा आधा सस्तो दिइने बताउनुभयो ।

किबी खेतीबाटै लाखौ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । हाल भारतीय किबी प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ । तर तामाङले दुई सय देखि तीन चार सय रुपैयाँसम्ममा उपलब्ध गराउने बताउनुभयो ।

हेनुहाेस  भिडियाे 

प्रतिक्रिया दिनुहोस्