सुनापती गाउँपालिकाको प्रवक्तामा केसी



२४ कार्तिक, रामेछाप । सुनापती गाउँपालिकाको प्रवक्तामा वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष समेत रहनुभएका कमल केसी चयन हुनुभएको छ । गाउँ कार्यपालिकाको बैठकले केसीलाई गाउँपालिकाको प्रवक्ता बनाउने निर्णय गरेको हो ।

 

यस अघि सुनापती गाउँपालिका–५ खनियापानीका वडा सदस्यलाई नियम विपरीत गाउँपालिकाको प्रवक्ता बनाएको भन्दै विरोध भएपछि वडा सदस्य प्रेमसागर थापाले पदबाट राजिनामा दिनुभएको थियो । खाली रहेको पदमा वडा अध्यक्ष केसीलाई प्रवक्ता बनाइएको हो ।
गाउँपालिकाका प्रवक्ता कमल केसीले गाउँपालिकाको तर्फबाट प्रचारप्रसारमा विशेष ध्यान दिने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘विगतमा के भयो म त्यतातिर जान चाहन्न, अब गाउँपालिकाको तर्फबाट भए गरेका सबै कामको पारदर्शी ढंगले सार्वजनिक गछौं ।’

प्रतिक्रिया दिनुहोस्