रामेछापको भटौलीमा मध्य रातमा दुई पक्षबीच झडपः १२ जना घाइते, २ जना बेहोस



२४ कार्तिक, रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा झगडा हुँदा १२ जना घाइते भएका छन् । राती दुई समुहबीच झगडा हुँदा १२ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनालाई तामाकोसी अस्पताल मन्थलीले नर्भिक अस्पतालमा रिर्फर गरेको हो । घायते मध्ये दुई जनाको अझै होस नखुलेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

दुई बर्ष अघि केटी भगाएको निहुँमा झगडा भएको घाइते हुनेहरुले बताएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजलाई बताउनुभयो ।
बर्ष ३६ बर्षका पूर्णबहादुर माझी, बर्ष ३० को समिर माझी, बर्ष ३५ को सोममाया माझी, बर्ष ५५ को चन्द्रमाया माझी, बर्ष १८ को मिलन माझी, बर्ष २२ को सन्तोष माझी, बर्ष ४० को खेमबहादुर माझी, बर्ष २१ को सन्तोष माझीको मन्थलीमा उपचार हुन नसकेपछि काठमडौंको नर्भिक अस्पतालमा रिर्फर गरिएको छ ।

चार जना घाइतेहरु भने तामाकोसी अस्पतालमा उपचार गरेर घर फर्किएका छन् । बर्र्ष १८ को रामकुमार माझी, बर्ष २७ श्रीलाल माझी, बर्ष ६१ का लालबहादुर माझी र बर्ष ३५ को अम्बर माझी चार जना घर फर्किएको प्रवक्ता अदालतले बताउनुभो ।
घटनामा संलग्न भटौलीका पित्रे माझी, बलबहादुर माझी, दिलिप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जयबहादुर माझी, सोमबहादुर माझी, विष्णु माझीलाई प्रहरीले पक्राउ गरेको छ । प्रवक्ता अदालतले पीडित पक्षले जाहेर दिएपछि कानुन प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘घटनाको प्रकृति निकै गम्भीर देखिएन्छ, ज्यान मार्ने उद्योग अन्तर्गत प्रक्रिया अगाडि बढछ ।’
दुई पक्षबीच झडप हुँदा पक्राउ पर्ने ८ जनाले फिल्मी शैलीमा दाउरा ढुंगा प्रहारी गरेको बताइएको छ । घाइते हुनेहरु सबैको टाउकोमा गम्भीर चोट लागेको बताउदै प्रवक्ता अदालतले राती नै प्रहरीको भेनमा हालेर घाइतेहरुलाई मन्थली ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्