प्रदेश नम्बर ३ को स्थायी राजधानी र नामाकरण टुंगो लाग्दै



२४ कार्तिक, काठमाडौं । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेशसभा सचिवालयका अनुसार छठको बिदा पश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लगाउने बताएको हो ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो । प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रेको बनेपा र भक्तपुरको सानो ठिमीमा राख्ने दबाब बढेको छ ।

प्रदेशको स्थायी राजधानी हेटौडालाई बनाउन नहुने पक्षमा वकालत गरेपछि एक साता अघि ३ नम्बर प्रदेशका भौतिकमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको चर्चा सुरु भएको छ । अधिकाशं सांसदहरुले हेटौडा अपायक परेको भन्दै राजधानी सार्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्