दोरम्बाबाट काठमाडौ जाँदै गरेको बस भिरपानीमा दुर्घटना
२५ कर्तिक, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाबाट काठमाण्डौ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । खाँडादेवी यातयातको बा २ ख ६५८१ नं. को यात्रुबहाक बस सडक छेउमा पल्टिदाँ खाँडादेवी गाउँपालिका–६ का २१ वर्षका श्याम खत्री र दोरम्बा गाउँपालिका–७ की ७ बर्षीय बालिका रेजिना घताने सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता शेख अदालत बस दुर्घटनामा भएपनि ठूलो मानविय क्षति नभएको बताउनुभयो ।
आज बिहान काठमाडौं जादै गरेको बस खाँडादेवी गाउँपालिका–३ भिरपानी नजिकै दुर्घटना भएको हो । सामान्य घाइते दुबैको माकादुमको स्थानीय मेडिकलमा उपचार भइरहेको बताउदै प्रवक्ता अदालतले सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताउनुभयोृ ।