सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा



२६ कार्तिक, रामेछाप ।
नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ । उहाँले सरकारले पन्त घटनाको छानबिन समितिले दिएको प्रतिबेदन तत्काल सार्वजनिक नगरेर पीडित पक्षलाई थप पीडा दिएको बताउनुभएको हो ।

साँढे ३३ किलो सुन काण्डाका मुख्य अभियुक्त गोरेलाई पक्राउ गरेर पनि छानबिन समितिलाई छायामा पारेको आरोप लगाउदै नेता राणाले सरकारले ठूलठुला घटनालाई समेत पसय दिइरहेको बताउनुभयो । सोमबार रामेछापको सदरमुकाम मन्थलीमा नेता तथा कार्यकर्ता सँगको भेटमा पुर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले दुई तिहाइको दम्भमा केन्द्र सरकारले प्रदेशमा रहेका आफ्नै पार्टीका मुख्य मन्त्रीलाई समेत एउटा कार्यकर्ता र जनप्रतिनिधिको रुपमा मात्रै लिनुले संघीयतालाई खतरामा पार्ने खेलमा सरकार आफै लागेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट सरकारले देखाएको यस्तो किसिमको हर्कतालाई काग्रेसले टुलुटुलु हेरेर नबस्ने भन्दै चेतावनी दिदै उहाँले गलत कामको परिणाम सरकारले चाँडै देख्ने बताउनुभयो । नेता राणाले नेपाली काग्रेसले गत निर्वाचनमा भोग्नु परेको पराजयलाई केन्द्रीय नेतालाई मात्रै दोष दिन नमिल्ने बताउँदै आफ्नो ठाउँबाट पनि शुक्ष्म तरिकाले अध्यायन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला कार्य समितिका सचिव लेखबहादुर कार्की लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्