लिुख तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का मन्थलीमा आन्दोलन चर्काउदै



रामचन्द्र विक
२७ कार्तिक,रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठको मृत्युको विषयमा लिएर समरमुकाम मन्थलीमा स्थानीयले प्रदर्शन गरेका छन् । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्काको नेतृत्वमा घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै प्रर्दशन भएको हो ।

दुई साता अघि धोवीका झलमाया श्रेष्ठले घरको धुरीवलोमा झण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । सदरमुकाम मन्थलीमा गरिएको पोष्ट मार्टम रिपोर्टमाथि नै मृतकका आफन्तले आशका गरेपछि प्रहरीले थप पोष्टमार्टम गर्नको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको थियो । मृतकका आफन्तले श्रीमान धननारायण श्रेष्ठको हात हुन सक्ने आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र बहादुर सिंहले पोष्ट मार्टम रिपोर्टमा मृतकका आफन्तले आशंका गरेपछि पीडितहरुको आग्रह अनुसार लाशलाई काठमाडौं पठाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार पोष्ट मार्टको रिपोर्टको आधारमा थप अनुसन्धान आगडि बढाइनेछ । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्काले भने प्रहरीकै भूमिकामाथि प्रश्न उठाउनुभएको छ । प्रहरी प्रमुख सिंहले आज नै मृतृक श्रेष्ठको पोष्ट मार्टमको रिपोर्ट आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्