धोवी घटनाः आन्दोलनको जरुरी छैन, दोषी उम्किदैनः प्रजिअ शर्मा



२८ कार्तिक, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठको घटनाको विषयमा प्रहरी प्रशासनमाथि आशंका नगर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । आत्महत्या नभई हत्या भएको आशका व्यक्त गर्दे मृतृका आफन्तले सदरमुकाममा प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।


रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले घटनाको विषयमा प्रहरी प्रशासनले गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गरिरहेको बताउदै सत्यतथ्य नबुझिकनै प्रर्दशन गर्नु सकारात्मक नभएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मृृतकका आफन्तले सदरमुकाममा गरेको पोष्ट मार्टम रिर्पोटप्रति चित्त नबुझाएपछि थप पोष्ट मार्टम गर्न काठमाडौं पठाइएको छ, मृतकका आफन्तले दोषी भनिएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, किन प्रदर्शनको जरुरी पर्यो ?’

घटनाको सत्यतथ्य प्रहरीले सार्वजनिक गर्ने बताउदै मृतकको आफन्तलाई अनावश्यक आशका र दबाब नदिन पनि आग्रह गर्नुभयो । प्रजिअ शर्माले दोषीमाथि कारवाही हुने विश्वास व्यक्त गर्दै पोष्ट मार्टमको रिपोर्टको आधारमा घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्