रामेछाप बजारमा योग शिविर



२९ कार्तिक, रामेछाप ।
रामेछाप नगरपालिका–८ रामेछाप बजारमा पाँच दिने योग सुरु भएको छ । पाँच दिनसम्म चल्ने शिविरमा योगाको बारेमा अभ्यास हुनेछ ।
रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा गौरीशंकर बहुमुुखी क्याम्पसको हलमा हरेक दिन बिहान ५ बजेखखि ७ बजेसम्म योग शिविर ५ दिनसम्म सन्चालन हुने गौरीशंकर माविका शिक्षक प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच दिनसम्म चल्ने शिविरमा केन्द्रीय महिला विभागकी प्रमुख अर्चना घिमिरेले प्रशिक्षण दिइरनुभएको । विभिन्न आसन, श्वासप्रश्वास विधि (प्राणायाम), ध्यान र योग दर्शनको विद्यार्थी र सर्वसाधारणलाई अभ्यास गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्