तिहारपछि रामेछापका बिद्यालयमा बल्ल देउसी भैलो !



२९ कार्तिक, रामेछाप । परम्परा अनुसार देउसी भैलो तिहारमा मात्रै खेलिन्छ । तर रामेछाको सुनापती गाउँपालिकाका बिद्यालयमा देउसी भौलोको कार्यक्रम सुरु भएको छ । तिहारपछि सुरु गरिएको देउसी भैलोमा दक्षिणा माग्ने आर्शिबाद दिने उद्देश्य नभइ सुरक्षित बिद्यालय अभियान अन्तरर्गत बिद्यालयमा आइपर्न सक्ने बिभिन्न प्रकोपका बेलामा कसरी जोगिने भन्ने जनचेतना जगाउने रहेको छ ।


सुनापती गाउँपालिकाको कुशेश्वर माध्यामिक बिद्यालय बेथानका बाल क्लबका पदाधिकारी सहितको टोलीले बिहिबार ेखि देउसी भैलो सुरु गरेका हुन् ।
सामुदायिक बिद्यायलय ब्यवस्थापन महासंघ केन्द्रीय समितिको आयोजनामा उक्त बिद्यालयमा दिइएको ३ दिने सुरक्षित बिद्यालय सम्बन्धि तालिम पश्चात उनीहरुले गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा देउसी भैलो मार्फत कार्यक्रम गर्ने योजना सहित अघि बढेका छन् ।
तालिम पश्चात बिपद के हो ? कसरी आउछ ? बिपद पर्दा कसरी जोगिने र बिपद पश्चात के के गर्ने भन्ने सन्देश दिने खालका बिषय बस्तुमा आधारित भई देउसी भैलो सुरु गरिएको सामुदायिक बिद्यायलय ब्यवस्थापन महासंघ ३ नं प्रदेश कि सदस्य सरस्वती रायमाझीले बताउनुभयो । उहाँका अनुसार देउसी भैलो कार्यक्रम आउँदो एकादशीसम्म खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्