एक साताभित्र स्थानीय तह र वडा कमिटीलाई पूर्णता दिने नेकपा रामेछापको निर्णय



३० कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले मंसिर पहिलो साता आठ वटै स्थानीय तह र ६४ वटाका वडा कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ । पूर्व पदाधिकारीको बैठकले स्थानीय तहमा पार्टीको एकीकरण नहुँदा कार्यकर्तामा निराशा बढेको निष्कर्ष निकाल्दै मंसिर एक साताभित्र एकीकरणको खाका तयार पार्ने निर्णय गरेको हो ।

पूर्व पदाधिकारीले दुई नगरपालिका, ६ गाउँपालिका र ६४ वटा कमिटीमा रहने अध्यक्ष, सचिव र सदस्यहरु छनोट गर्ने गृहकार्य अगाडि बढाएको छ ।
पूर्व पदाधिकारी समेत रहेका नेकपाका नेता डिल्लीमान तामाङले रामेछाप न्युजसँग भन्नुभयो,‘मंसिर पहिलो साता पूर्व पदाधिकारीले स्थानीय तहको एकीकरणको खाका तयार पारेर प्रदेश कार्यालयमा बुझाउने निर्णय भएको छ ।’
प्रदेश कार्यालयले अर्को व्यवस्था नहुदासम्म पूर्व पदाधिकारीलाई नै स्थानीय तहको एकता प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको थियो । सोही अनुसार नेकपाको पूर्व पदाधिकारीको बैठकले तयार पारेको एकताको खाकालाई नै प्रदेश कार्यालयले अनुमोदन गर्नेछ ।


पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच स्थानीय तहमा भागवण्डामा सहमति भइसकेको छ । सहमति अुनसार मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा पूर्व एमालेले लिनेछ भने रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको छ ।

को–को छन पूर्व पदाधिकारीमा ?
नेकपाको पूर्व पदाधिकारीमा पूर्व एमालेका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, उपाध्यक्ष प्रेमबहादुर तामाङ सचिव आनन्द श्रेष्ठ, उपसचिव झम्क कडेल रहेका छन् । विहिवार मन्थलीमा बसेको बैठकमा केन्द्रीय सदस्य समेत रहेको पूर्व जिल्ला इन्चार्ज देवशकंर पौडेल र उपाध्यक्ष प्रेमबहादुर तामाङ भने सहभागी थिएनन् ।
त्यसैगरी पूर्व पदाधिकारीमा पूर्व माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामा, जिल्ला संयोजक मैनकुमार मोक्तान, पूर्व सभासदद्धय डिल्लीमान तामाङ, तारानारायण श्रेष्ठ, प्रेमकुमार कार्की, रामकुमार तामाङ र निर्मल बोहोरा रहेका छन् ।
मोक्तान हात मिलाएर बाहिरिएपछि…..
माओवादी केन्द्रका पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तान पूर्व पदाधिकारी मध्येका एक हुन् । बैठकको लागि सदरमुकाम मन्थली पुगेका पूर्व संयोजक मोक्तानले भने पदाधिकारीबीच हात मिलाएर बैठकमा नै नबसेको एक पूर्व पदाधिकारीले बताए । उनले भने,‘पूर्व पदाधिकारी मध्ये एक जिम्मेवार मोक्तान पनि हुन, स्थानीय तहको एकताको प्रक्रिया अगाडि बढाउन उहाँले पनि भूमिका निर्वाह गर्नुपर्ने हो, तर काम छ भन्दै बैठकमा आएर पनि बाहिरिनु भो ।’

प्रतिक्रिया दिनुहोस्