अर्थमन्त्री खतिवडाद्धारा रामेछापको गाईखुरा एकीकृत वस्तीको अवलोकन



३० कार्तिक, रामेछाप ।
अर्थमन्त्री युवराज खतिवडाले भुकम्पको ध्वस्त भएको संरचना पुननिर्माणको काम अगाडि बढाउन बजेटको अभाव रहेको बताउनुभएको छ । उहाँले पुननिर्माणमा देखिएको बजेटको व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताउनुभएको हो ।


मन्थली नगरपालिका–८ स्थित गाईखुरामा विश्व बैंकले निर्माण गर्न लागेको एकीकृत नमूना वस्तीको अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले पुननिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

पहिलो पटक रामेछापमा आउनुभएका अर्थमन्त्री खडितवालाई जिल्लामा भव्य रुपमा स्वागत गरिएको थियो । भुकम्प गएको तीन बर्षपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घर सहितको एकीकृत नमूना वस्ती निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्