धोबी घटनाः झलकमाया श्रेष्ठले आत्महत्या गरेको पुष्टि



३० कार्तिक, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठले आफैले आत्महत्या गरेको पुष्टि भएको छ । मन्थली अस्पताल र त्रिवि शिक्षण अस्पतालमा दुई पटक गरिएको पोष्ट मार्टम रिपोर्ट अनुसार आत्महत्या गरेको पुष्टि भएको हो ।
घटनाको विषयलाई लिएर मृतकका आफन्तले सरमुकाम मन्थलीमा प्रदर्शन गरेका थिए । गत कार्तिक १९ गते राती आफ्नै घरको धुरी बलोमा श्रेष्ठ मृत अबस्थामा भेटिएकी थिइन् ।
मृतृकका आफन्तले आत्माहत्य नभई उनका श्रीमान धननारायण श्रेष्ठ र स्थानीय गोपिनी कार्कीको मिलेमतोमा मारेर झुन्डाइएको हुन सक्ने आरोप लगाएका थिए । तर पोष्ट मार्टम रिपोर्टमा आत्महत्या नै भएको पुष्टि भएको रिपोर्ट प्रहरीले प्राप्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका एक प्रहरी अधिकारीले रामेछाप न्युजसँग भने,‘घटनापछि आफन्तले विभिन्न आशका व्यक्त गर्नुभएको थियो, पोष्ट मार्टम रिपोर्टबाट अब आशका गर्नुपर्ने ठाउँ छैन, काठमाडौंमा गरिएको पोष्ट मार्टम रिपोर्ट र मन्थलीमा गरिएको पोष्ट मार्टम रिपोर्ट एउटै आएको छ ।’
प्राथमिक स्वास्थ्य केन्द्रका डा. राकेश शाहले मृतक श्रेष्ठको पोष्ट मार्टम गरेका थिए । अस्पतालले दिएको पोष्ट मार्टम रिर्पोटप्रति असहमति जनाउदै मृतक झलकमाया श्रेष्ठका आफन्तले उनको शब त्रिवि शिक्षण अस्पतालमा लगेका थिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. हरीहर अगस्तीले मृतक झलकमाया श्रेष्ठकोे पोष्ट मार्टम गरेका थिए । रिपोर्ट अनुसार घटनामा संलग्न भनिएका धननारायण श्रेष्ठ र स्थानी गोपिनी कार्की निर्दोष ठहरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्