सुनापती गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आयो बैंक



३० कार्तिक, रामेछाप । सुनापती गाउँपालिकामा पहिलो पटक बैक सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गर्ने नीति अनुसार सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा बैंक सञ्चालनमा आएको हो ।


एक बर्ष अघि नै बैक सञ्चालनमा ल्याउन जनप्रतिनिधिहरुले पहल गरेपछि केही प्राविधिक कारणले ढिलाई भएको थियो । सुनापती गाउँपालिकाका प्रवक्ता एवं गाउँपालिका–२ दिमीपोखरीका वडा अध्यक्ष कमल केसीले सिटिजन्स बैकको शाखा स्थापना भएर कारोबार सुरु भएको रामेछाप न्युजलाई बताउनुभयो ।
गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना भएपछि गाउँपालिकाले सबै कारोबार सिटिजन्स् बैक मार्फत गर्नेछ । प्रवक्ता केसीले भन्नुभयो,‘गाउँपालिकामा बैंक नहुँदा निकै ठूलो सास्ती र सदरमुकाम मन्थली जानु पर्ने हैरानी र बाँध्यता थियो, अब हटेको छ ।’


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बैकको शाखा स्थापना भएर सञ्चालनमा आएपछि गाउँपालिवासीलाई निकै ठूलो फाइदा भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अब गाउँपालिकाको केन्द्रबाटै बैंकले सेवा प्रवाह गर्नेछ ।’ गाउँपालिका केन्द्रमा बैंक सञ्चालनमा आएपछि पाँच वटै वडाका बासिन्दालाई सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्