रामेछापमा निर्वाचन क्षेत्र बजेट बाँडफाडः ८ स्थानीय तहमा ४ करोडका २० योजना छनोट (सूचिसहित)



स्नेहा सिलवाल 
१ मंसिर, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत रामेछापको ८ वटा स्थानीय तहमा ४ करोडको २० योजना छनोट भएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले निर्वाचन क्षेत्रमा बजेट बाँडफाँडको लागि परामर्श समितिको बैठक मार्फत २० वटा योजना छनोट गर्नुभएको हो ।

पूर्वाधार विकास साझेदार कार्यक्रममा सबै भन्दा बढी मन्थली नगरपालिकामा ६ वटा योजना छनोट भएको छ भने पचास÷पचास लाखको योजना खाँडादेवी गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सडक निर्माणको लागि छनोट भएको छ । आठ वटै स्थानीय तहबाट करिब २ सय भन्दा बढी योजनाहरु प्रस्ताव भएको थियो ।


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज तेस्रो साता सबै स्थानीय तहलाई परिपत्र गरेर यही पुस मसान्तसम्म स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतका सबै आयोजनाहरुको सम्झौता गरी विवरण पठाउन भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली ०७५ मा आर्थिक वर्ष ०७५। ०७६ को हकमा यही पुस मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने उल्लेख छ । सांसद श्रेष्ठले आवश्यकताको पहिचान गरेर योजना छनोट गरिएको रामेछाप न्युजलाई बताउनुभयो ।

रामेछापका ८ वटा स्थानीय तहमा कहाँ–कहाँ पर्यो योजना ? (योजनाको पूर्णपाठ सहित)

प्रतिक्रिया दिनुहोस्