मन्थली नगरपालिकाभित्रका व्यवसायीले कर नतिरेको आरोप



रामचन्द्र वि.क.
मंसिर ४ रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिहरुले आम्दानी अनुसारको आयकर नतिरेको आरोप लगाउनुभएको छ । उहाँले व्यवसायिहरुले आम्दानी अनुसार कर नतिरेको आरोप लगाउनुभएको हो ।
मगंलबार सदरमुकमा मन्थलीमा रामेछाप उद्योग बाणिज्य संघको आयोजना तथ आन्तरिक राजस्व कार्यालय धुलिखेलको सहयोगमा करदाता शिक्षा कार्यक्रममा नगर प्रमुख वस्नेतले मासिक रुपमा ३० हजार आम्दानी गर्ने व्यवसायीहरुले ३ हजारको मात्रै कर तिर्न गरेको बताउनुभयो ।

‘जिल्लाका धेरै आम्दानी गर्ने व्यवसायीहरुले कामएको आम्दानीको केही रकमको मात्र कर तिर्नु राज्यलाई ठग्नु हो’, उहाँले भन्नुभयो,‘आम्दानी अनुसारको कर पनि तिर्नुहोस ।’ 

सडकमा खाल्डाखुल्डी भयो भनेर गाली गर्दै हिडनेहरुलाई प्रतिप्रश्न गर्दै नगर प्रमुख बस्नेतले भन्नुभयो,‘राज्यलाई कर तिरेको छु की छैन् भनेर आफैलाई प्रश्न गर्नुहोस ।’
कर्यक्रममा आर्थिक वर्ष २०७३/०७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी आयकर तिर्ने मन्थली बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछाप जिल्लाभरी सबै भन्दा बढी आयकर बुझाउने सहकारीलाई सम्मान गरेको हो ।


सातौँ राष्ट्रिय कर दिवसलाई लक्षित गरी मंसिर १ गते देखि सञ्चालन भएको सप्तहाब्यापी कार्यक्रम अन्तरर्गत जिल्लाका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना पश्चात मंगलबार विहान मन्थलीमा प्रभातफेरी ¥यालीको आयोजना समेत गरिएको थियो ।
उक्त कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष केशब घिमिरेको अध्यक्षता तथा रामेछाप जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलील, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्