निर्मला पन्तलाई सम्झिदैँ रामेछापमा महिला हिसां विरुद्धको १६ दिने अभियान



५ मंसिर, रामेछाप ।
मन्थली नगरपालिकाले महिला हिसां विरुद्धको १६ दिने अभियानलाई फरक ढङ्गाले मनाउने निर्णय गरेको छ । १६ दिने अभियानको पुर्व सन्ध्यमा नगरपालिकाले महिला हिसांलाई न्यूनिकरण गर्ने अभियानका साथ विगतका वर्षहरु भन्दा फरक ढंगले मनाउने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा सदरमुकाम केन्द्रित हुने गरेका कार्यक्रमलाई यस वर्ष नगरपालिकाले नगर भित्रका १४ वटै वडामा सरोकारवाला निकायको सहभागितामा कार्यक्रम गर्ने भएको छ । बुधबार मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले अभियानको पहिलो दिन मंसिर ९ गते साउन १० गते बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको फोटो राखी मन्थलीको देबकोटा चोकमा दिप प्रज्वलन उद्घाटन गर्ने निर्णय गरेको छ ।

त्यसपछिका दिनहरुमा प्रत्येक दिन जिल्लामा रहेका सरकारी निकाय तथा महिलाको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको अगुवाईमा नगरभित्रका सबै वडामा कार्यक्रम गरिने भएको छ । पछिल्लो समयमा जिल्लामा पनि महिला हिसांका घटनाहरु बढीरहेका बेला यस वर्ष मनाउने १६ दिने अभियानले घटनालाई कम गर्ने अपेक्षा सहित कार्यक्रमको आयोजना गरिने सरोकारवालहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्