रामेछापमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि तनाब



रामचन्द्र वि.क.
७ मंसिर, रामेछाप l रामेछापको सदरमुकाम मन्थलीमा एक पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको छ । बा ५७ प ४७२७ नं.को मोटरसाइकलले मन्थली नगरपालिका वडा नं.१ स्थित चण्डेश्वरी होटल नजिक सडकमा ठक्कर दिँदा मन्थली ६ हात्तीटारका काले माझीको ज्यान गएको हो ।
शुक्रबार दिउँसो मन्थलीको थापाचोकबाट मन्थली बजार आउने क्रममा प्रेम बहादुर रानाले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
ठक्कर पछि घाइते भएका माझीको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालत रामेछाप न्युजलाईले जानकारी दिए ।
मोटरसाइकल चालक गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल मन्थलीमा रहेको सेन्चुरी कर्मशियल बैंकमा कार्यरत थिए । मोटरसाइकाल चालकको साथमा सवारी चालक अनुमती पत्र समेत नभएको प्रबक्ता अदालतले जानकारी दिए । चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्