स्थानीय तहलाई मुख भन्दा दिमाग चलाउन अर्थमन्त्री खतिवडाको कडा निर्देशन
७ मंसिर, काठमाडाैं ।
समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । विकासको ढाँचा भनेको सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य भएको बताउदै यो विषयलाई प्रदेश र स्थानीय तहले बुझन जरुरी रहेको बताउनुभएको हो ।
राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले परिपूरक भूमिका निर्वाह गर्नुपर्ने निकायबीच प्रतिस्पर्धात्मक भूमिका आवश्यक नरहेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन, हामीले खोजेको सामाजिक न्यायपूर्ण समाज निर्माण गर्न समावेशीताभित्र समन्याय हो, उहाँले भन्नुभयो ।
आधुनिक खेती प्रणाली र कृषि प्रणालीलाई जमीनको उपयोग गर्न सहकारीको मोडललाई अघि बढाउन सके सरकारले त्यसको उन्नयनका लागि आर्थिक सहयोग पु¥याउन तयार रहेको बताउँदै उहाँले सहकारीमार्फत दूध, च्याउ, स्याउ, सुन्तलाजस्ता उत्पादनको प्रशोधन गर्ने कारखाना खोल्न प्रेरित गर्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
अर्थमन्त्री डा। यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग चलाएर विकास गर्न निर्देशन दिनुभयो ।
स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिदै भन्नुभयो, ‘हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा लाग्नुस् ।’
‘सरकारले सहकारी पुग्न नसकेको स्थानमा बाटो देखाइदिने हो, बाटो देखाइदिने काम सरकारको हो, बाँकी काम सहकारीले गर्नुपर्छ । सरकार त ठुला ठुला काममा लाग्ने हो,’ अर्थमन्त्री भन्नुभयो ।