रामेछापमा खुल्यो कृषि ज्ञान केन्द्रको कार्यालय



८ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा  ३ नम्बर प्रदेश अन्तगतकाे  पहिलो पटक कृषि ज्ञान केन्द्रको कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम मन्राथलीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रले दोलखा जिल्लालाई पनि हेर्नेछ ।

कृषि ज्ञान केन्द्रको ३ नम्बर प्रदेशका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री ढुंगेले रामेछापलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने योजना अगाडि सारिएको बताउनुभयो । मन्त्री ढुंगेलले कृषिमा अब व्यवसायीकरण हुनु पर्ने बताउदै फलफुल, तरकारी र मसला बालीमा जोड दिन कृषि ज्ञानकेन्द्रलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘व्यवसायिक कृषिका योजनालाई प्रदेश सरकारले जति पनि रकम खर्च गर्न सक्छ ।’

कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेश सांसद शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्