सरकारले राम्रो काम गरेको छ, मोबाइलको भित्तामा नराम्रो मात्र लेख्ने काम भोः मन्त्री ढुंगेल



रामचन्द्र बि.क.
८ मंसिर, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सरकारले राम्रो काम गरेपछि गलत तत्वहरुले गलत प्रचार गरेको बताउनुभएको छ । उहाँले सरकारले राम्रो काम गर्दागर्दै पनि प्रचार गलत भएको बताउनुभएको हो ।

शनिबार गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रामेछापको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दे मन्त्री ढुङ्गेलले सरकारको कमजोरीलाई गलत तरिकाले प्रचारप्रसार गर्न बिपक्षी नभइ कुनै अदृश्य तत्व लागेका आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले गरेको राम्रो कामलाई समाजका दुद्धिजीवि वर्गले देखेका छैनन, मोबाइलका भित्ताहरुमा यो भएन उ भएन भनेर लेख्दै हिन्नु हुन्छ ।, राम्रो काम भएको कहिल्यै देख्नुहुन्न ।’

मन्त्री ढुंगेलले सरकारले ल्याएको समृद्धिको नारालाई जाँड खान जाने समृद्धि, तास खेल्ने सम्बृद्धि भनेर खिसिट्युरी भएको भन्दै यस अघिको सरकार र केपी ओली नेतृत्वको सरकालाई राम्रोसँग तुलना गरेर हेर्न समेत आग्रह गर्नुभयो ।

प्रदेश सरकारको अभ्यास पहिलो भएको र प्रदेश सरकारले गर्ने कामको परिणाम आउन केही समय लाग्ने भएकाले जनतालाई केही समय धैर्य गर्न आग्रह गर्दे जिल्लामा दिगो विकासको लागि प्रदेश सरकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश नंं. ३ रामेछाप ‘क’ का सांसद शान्ती प्रशाद पौडेल, संविधानसभाका पूर्व सांसद तारानारायण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्