गैर सरकारी संस्था महासंघ रामेछापको अध्यक्षमा श्रेष्ठ



८ मंसिर, रामेछाप ।
गैर सरकारी संस्था महासंघ नेपाल रामेछापको अध्यक्षमा भुवन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको नबौँ  साधारणासभा एवं छैठौ अधिवेशनबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रत्न कडेल, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिबमा बलराम लामा, सह–सचिबमा गम्भिर वि.क., सदस्यहरुमा चन्द्र खाती, सोनु कुमार रोका, सुमन बोहोरा, कर्ण वि.क., नोर्वु योञ्जन, दिपा थापा, सर्मिला भण्डारी र मुना कडेल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्