रामेछापको ८ वटै स्थानीय तहमा गैसस महासंघको समन्वय कार्यालयः अध्यक्ष श्रेष्ठ



८ मंसिर, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहमा गैर सरकारी संस्था महासघ रामेछापको समन्वय कार्यालय स्थापना हुने भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर जाने उदेयले गैर सरकारी संस्था महासंघ रामेछापले यस्तो निर्णय गरेको हो ।
गैर सरकारी सस्था महासंघ रामेछापका नवनिर्वाचित अध्यक्ष भुवन श्रेष्ठले आठ वटै स्थानीय तहमा समन्वय कार्यालय स्थापना गरेर काम गरिने बताउनुभयो ।

निर्वाचित भएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उहाँले भन्नुभयो,‘विधान अनुसार आठ वटै स्थानीय तहमा समन्वय कार्यालय स्थापना गरेर काम अगाडि बढाउछौ ।’ अध्यक्ष श्रेष्ठले गैर सरकारी संस्थाको योग्यता क्षमता र अनुभवको आधारमा स्थानीय सरकारसँग साझेदारी कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ रामेछापमा दुई वटा नभई एउटै मात्र रहेको बताउदै अध्यक्ष श्रेष्ठले गैससको हक हित र अधिकारको लागि आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्