भुकम्प पीडितलाई दुःख दिने इन्जिनीयर र बैंकलाई ठाउँको ठाउँ कारवाही



९ मंसिर, काभ्रे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताउनुभएको छ । प्राधिकरणले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इञ्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारवाही गरिने बताउनुभएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारद्वारा धुलिखेलमा आयोजित जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै पुननिर्माण प्राधिकरण प्रमुख सुशील ज्ञवालीले प्राविधिकहरु गाउँमा बस्नैपर्छ, यदि नबसेको भए जानकारी पाएको अवस्थामा तत्कालै कारवाही गर्ने बताउनुभभयो ।
ज्ञवालीले भूकम्पपीडितका बैङ्क खातामा गएको अनुदान रकम बैङ्कले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताउनुभयो । उहाँले प्राधिकरण र नेपाल राष्ट्र बैङ्कसँग यसबारे छलफल भैसकेको बताउँदै राष्ट्र बैङ्कका प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि टोलीले छानबिन शुरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्