मन्थलीमा महाकवि देवकोटालाई साक्षी राखेर निर्मलाको हत्यारा पक्राउ गर्न माग



९ मंसिर, रामेछाप । देशव्यापी रुपमा सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रामेछाप पनि सुरु भएको छ । अभियानको पहिलो दिन आइतवार साझ सदरमुकाम मन्थलीमा चार महिना अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्थको हत्यारालाई कारवाहीको माग गर्दै दिप प्रज्वलन गरेर सुरु गरिएको हो ।

मन्थलीको देवकोटा चोकमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा संघ संस्था र स्थानीयवासी सहभागी भएर निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गरियो ।


देबकोटा चोकमा भएको कार्यक्रममा बालिका सुनिला केसीले दिप प्रज्वलन गरी अभियानको सुरु गर्नुभयो । अभियानको उदघाटनमा समाजिक अभियान्त, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयले १६ दिने अभियान सार्थक बनाउन दिप प्रज्वलन गरेर साथ दिएका हुन् ।

हत्या भएको ४ महिना पुग्दा पनि निर्मलाको हत्यारा पत्ता नलागेको भन्दै सामाजिक अभियान्तहरुले चाँडो भन्दा चाँडो हत्यारा पत्ता लगाई कार्वाही गर्न सरकार सँग माग समेत गरेका छन् ।


‘लैङ्गिक हिंसा र दुर्ब्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल बनाउन सामाजिक अभियन्ताहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्