महिला हिंसा अभियानः रामेछापमा आत्महत्या गर्ने महिलाको संख्या डर लाग्दो



रामचन्द्र वि.क.
११ मंसिर, रामेछाप । रामेछाप जिल्लामा आत्महत्या गर्ने महिलाहरुको संख्या डर लाग्दो रहेको देखिएको छ । जिल्लामा पुरुषको तुलनामा महिलाहरुको संख्या निकै बढी देखिएको हो ।
विगतका वर्षहरुमा जिल्लामा आत्माहत्याका घटना थोरै मात्र हुने गरेको थियो । तर पछिल्ला तीन वर्षलाई हेर्दाे जिल्लामा आत्माहत्याका घटना बृद्धि हुँदै गएका छन् ।
आर्थिक वर्ष २०७२÷०७३ देखि चालु आर्थिक वर्षको कार्तिक सम्ममा १ सय ६७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले बताएको छ । आत्महत्या गर्नेमा महिला ५१.५ प्रतिशत र पुरुष ४८.५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको ४ महिना मात्रै १८ जना महिला १८ जना पुरुष र ५ जना बालबालिका गरी ३६ जनाले आत्मा हत्या गरेका छन् ।

आर्थिक वर्षको सरुवातमा नै ३६ जनाले आत्मा हत्या गर्नुले अन्तिम सम्म यही अनुपातमा जाने हो भने अघिल्ला वर्षहरुको भन्दा यस वर्ष धेरै घटना घट्ने संकेत देखिन्छ । आत्मा हत्या गर्नेमा महिला बढी भए पछि महिला हिंसालाई कम गर्न गरिँदै आएका कार्यक्रमको प्रभाकारिता माथी प्रश्न उठ्ने देखिएको छ ।
महिला हिसां विरुद्धमा चलाइने १६ दिने अभियान लगायतमा राज्यले अर्बौ लगनी गरेर कार्यक्रमहरु गरी रहेको छ । जिल्लामा गत बर्षको तुलनमा यस बर्ष अत्मा हत्या गर्नेको संख्या बृद्धि भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आत्मा हत्या गर्नुको सबै कारण नखुले पनि बैदेशिक रोजागर, घरेलु हिसां, मानिसक तनाव, एक व्यक्तिले अर्को व्यक्तिलाई दिने विभिन्न आसपासन लगायतका कारणले गर्दा महिला बढी यसको सिकार हुने जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी अमरेन्द्र बहादुर सिंहले रामेछाप न्युजलाई बताउनुभयो । उहँले आत्महत्याका घटनालाई कम गर्नको लागि स्थानीय तहकामा रहेका न्यायिक समिति, सरकारी निकाय र विभिन्न संघसंस्थाले पीडकलाई कारवही गर्न सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । ‘आत्महत्याको घटना न्युनिकरण गर्नको लागि जनचेतनाको कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ’, डिएसपी सिंहले भन्नुभयो,‘समाजमा आत्महत्या रोक्नको लागि सबैले हातेमालो गरेर अगाडि बढनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्