रामेछापमा प्रहरीले थाल्यो घरेलु मदिरा नष्ट गर्ने अभियान



११ मंसिर, रामेछाप ।
मदिराको कारण सामाजिक विकृति बढदै जान थालेपछि रामेछापमा प्रहरीले सक्रियता अगाडि बढाएको छ । प्रहरीले समाजमा सृजना हुने विकृति रोक्नको लागि घरेलु मदिरा नष्ट गर्ने अभियान अगाडि बढाएको हो । घरेलु मदिरा उत्पादन हुने स्थान र मदिरा बेचबिखन हुने पसलहरुमा प्रहरीले सक्रियता बढाएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापले बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । सेलेघाटमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा भेटेको १२० लिटर मदिरा मंगलबार दिउँसो नष्ट गरिएको हो । कनूनी रुपमा घरेलु मदिरा विक्रिवितरण गर्न नपाउँने भएकाले मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घरेलु मदिरा कै कारण समाजमा घरेलु हिसांका घटनाहरु घट्ने हुँदा घरेलु मदिरा नियन्त्रणमा प्रहरी लागेको रामेछाप जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले बताउनुभयो । घरेलु मदिरा सेवनले समाजमा पार्ने असरको बारेमा समुदायसँग प्रहरीले मिलेर कार्यक्रम गर्ने योजना रहेको सिंहले बताउनुभयो ।

त्यस्तै विभिन्न समयमा सवारी चेक जाँच गर्ने क्रममा आवैध रुपमा भेटिएको ८० प्याकेट साना पटका विष्फोटक पदार्थ पनि प्रहरीले नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप, कोष तथा लेखा नियन्त्रक कार्यालय, रामेछाप उद्योग बाणज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको रोवहरमा मदिरा र विष्फोटक पदाथ नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्