श्रीमतीको हत्या गरेर भाग्ने दोलखाका तामाङलाई रामेछाप प्रहरीले समात्यो



१२ मंसिर, रामेछाप । श्रीमतीको हत्या गर्ने भाग्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । दोलखाको जिरी नगरपालिका–९ ठुलोपातलमा आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेर फरार भएका तस्बीर तामाङलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको हो ।


ठुलोपात घर भएका ३५ बर्षका तस्बिर तामाङलाई बुधबार बिहान मन्थलीको भैसेश्वर चेकपोष्टबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका अभियुक्त तामाङलाई बुधबार नै दोलखा प्रहरी कार्याललाई बुझाइएको छ ।
तामाङले मंसिर १० गते श्रीमती राममाया तामाङलाई कुटपिट गरेर हत्या गरेका थिए । तामाङले श्रीमतीलाई काठको मुस्लि र आग्लोले टाउको, अनुहार लगायत हिर्काएर हत्या गरी फरार भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्