छिमेकीकाे झगडाले लियो उग्र रुपः कुखुरी प्रहारबाट रामेछाप नगरपालिकाका सार्की गम्भीर घाइते



मंसिर १३, रामेछाप । रामेछाप नगरपालिका–१ गेटठाउँमा छिमेकीबीच सामान्य विषयबाट सुरु भएको विवादले उग्र रुप लिएको छ । छिमेकीको झगडाले उग्र रुप लिएपछि खुकुरी प्रहारबाट एक व्यक्त गम्भीर घाइते भएका छ ।
रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्कीलाई छिमेकी हरिभक्त खत्रीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

बिहिबार विहान सामान्य घरायसी विवाद हुँदा हुँदै छीमेकी हरिभक्त खत्रीले सार्कीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
घाइते सार्कीको टाउको र हातमा गम्भीर चोट लागको छ । घाइते सार्कीको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।
अभियुक्त खत्रीलाई खुकुरी सहित घटनास्थलबाट साँघुटार प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार खुकुरी किन प्रहार गरियो भन्ने विषयमा थप अनुसन्धन भइरहेको छ । पक्राउ परेका खत्रीलाई कर्तव्य ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्