प्रदेश कमिटीको निर्णय स्थायी समिति बैठकले गर्छः इन्चार्ज शाक्य



१३ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीको एकताको निर्णय स्थायी समिति बैठक मार्फत मात्र हुने भएको छ । सचिवालय बैठकले तयार पारेको प्रस्तावलाई स्थायी समिति बैठक मार्फत निर्णय हुने भएको हो । बुधवार बसेको सचिवालयको बैठकले सात वटै प्रदेशको प्रदेश कमिटीलाई पूर्णत दिएपनि प्रदेश सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन ।


नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकबाट प्रस्ताव पारित भएपनि स्थायी समितिको बैठक मार्फत निर्णय हुने बताउनुभयो । ३ नम्बर प्रदेशका सदस्यको नाम कहिले सार्वजनिक हुन्छ भन्ने रामेछाप न्युजको जवाफमा शाक्यले भन्नुभयो,‘कार्यदलले दिएको प्रतिवेदन अनुसार सचिवालयको बैठकले प्रस्ताव तयार गरेको हो, आधिकारीक निर्णय गर्ने थलो स्थायी समिति हो, अब बस्ने बैठकले अनुमोदन गरेपछि मात्र नाम सार्वजनिक हुन्छ ।’

उहाँले सकेसम्म त केन्द्रीय समितिको बैठक मार्फत नै प्रदेश सदस्यको नाम टुंगो लगाउनु पर्ने बताउनुभयो । इन्चार्ज शाक्यले प्रदेश नम्बर ३ बाट ११७ जना प्रदेश कमिटीको सदस्य हुने गरी प्रदेश कार्यालयले सिफारिस गरेको बताउनुभयो । सचिवालय बैठकले यस अघि इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेपनि प्रदेश सदस्यहरुको नामावली टुंगो लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्