रामेछापमा कुशेश्वर यातायातद्धारा बृद्धबृद्धा र अपाङलाई निशुल्क सेवा



१४ मंसिर, रामेछाप ।
कुशेश्वर यातायात सेवा प्रालिले पूर्ण रुपमा अपाङ र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क यातायात सेवा प्रदान गरेको छ । प्रालिले एक बर्षको अवधिमा एक सय जना जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङकता भएका व्यक्तिहरुलाई सेवा दिएको बताएको हो ।
कुशेश्वर यातायात सेवा प्रालिका अध्यक्ष राजकुमार मैनालीले व्यवसायसँगै यात्रुलाई सेवा दिने उदेश्यले अपाङ र जेष्ठ नागरिकहरुलाई निशुल्क सेवा दिने निर्णय गरेको रामेछाप न्युजलाई बताउनुभयो । कुशेश्वर प्रालि अन्तर्गत हाल रामेछाप, दोलखा, सिन्धुली, सोलुखुम्बु, ओखलढुगा लगायतको जिल्लाहरुमा २५ वटा माइक्रो बस सञ्चालन हुँदै आएको छ ।


रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा केन्द्रीय कार्यालय रहेको प्रालिको शाखा कार्यालय काठमाडौंको काटेश्वरमा रहेको छ ।
प्रालिले आगामी दिनमा रामेछापका २ नगरपालिका र ६ गाउँपालिकामा नै आफ्नो सेवा विस्तार गर्ने उदेश्य राखेको छ । रामेछाप जिल्लामा सञ्चालित सार्वजनिक यातायात अन्तर्गत अपाङ र जेष्ठ नागरिकहकरुलाई निशुल्क बस चढाउने कुशेश्वर यातायात सेवा प्रालि पहिलो कम्पनी हो । आफ्ना काउन्टर, चालक सह–चालकहरुलाई अपाङग र जेष्ठ नागरिकहरुलाई निशुल्क रुपमा सेवा दिन निर्देशन दिइएको अध्यक्ष मैनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्