रामेछापबाट गैसस महासंघको केन्द्रीय सदस्यमा घिसिङको चर्चा



१४ मंसिर, काठमाडौं ।
रामेछाप जिल्लामा रहेर सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएका गैर सरकारी संस्था महासंघका निर्वातमान अध्यक्ष मिलन घिसिङलाई गैससको केन्द्रीय सदस्यमा चर्चा सुरु भएको छ । गैरसरकारी संस्था महासंघ नेपालको नबौं महाधिवेशनको लागि रामेछाप जिल्लाबाट केन्द्रीय सदस्य पदको लागि घिसिङको चर्चा सुरु भएको हो ।

रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर गैरसरकारी संस्थाको नेतृत्व गर्दै आउनुभएका घिसिङले गैससको केन्द्रीय सदस्यमा निर्वाचित भए देशकै लागि काम गर्ने उम्मेदवारी दिन लागेको बताउनुभयो । भोली हुने महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउदै घिसिङले सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘गैसस महासंघलाई थप प्रभावकारी, एकतावद्ध र समावेशी वनाउन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हो, मलाई विश्वास छ मतदान गरेर विजयी गराउनु हुनेछ ।’ रामेछाप जिल्लाबाट पहिलो पटक गैसस महासंघको तर्फबाट घिसिङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

घिसिङले जिल्लाको विकास निर्माणको साथै सामाजिक जागरणको कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले भुकम्पपछिको पुननिर्माण, विपन्न समुदायलाई स्वास्थ्य इकाईको भवन निर्माण मार्फत स्वास्थ्य सेवा, खानेपानी आयोजना निर्माण लगायतका दर्जनौ सामाजिक काम गरेर रामेछापवासीको मन जित्न सफल हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्