प्रधानमन्त्री ओलीलाई एक करोडको पुरस्कार



१६ मंसिर, काठमाडौं ।
युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

आइतवार सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ ।”

प्रतिक्रिया दिनुहोस्