यी हुन रामेछापबाट प्रदेश कमिटीका सदस्यहरु (सूचिसहित)



१७ मंसिर, काठमाडौं ।
प्रदेश नम्बर ३ को प्रदेश कमिटीको सदस्यमा रामेछाप जिल्लाबाट १३ जना सदस्य भएका छन् । सचिवालयको बैठकको निर्णय अनुसार रामेछापबाट १३ जना प्रदेश कमिटीको सदस्यमा चयन भएका हुन् । रामेछापबाट पूर्व माओवादी केन्द्रबाट ९ जना र पूर्व एमालेबाट चार जना मात्र चयन भएका छन् । पूर्व माओवादी केन्द्र भन्दा आधाको संख्यामा मात्र पूर्व एमालेबाट प्रदेश सदस्य भएका छन् ।

पूर्व माओवादी केन्द्रबाट पूर्व जिल्ला इन्चार्ज, धावा लामा, पूर्व जिल्ला संयोजक मैन कुमार मोक्तान, पूर्व सभासद सभासदत्रय डिल्लीमान तामाङ, नारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ प्रदेश सभा सदस्यमा चयन भएका छन् । त्यसैगरी टंकलाल घिसिङ ‘टकल’, प्रेम कुमार कार्की, कमानसिंह मोक्तान, सुनिता गौतम चयन भएका छन् । धावा लामा सुनापती गाउँपालिकाका अध्यक्ष हुन भने कमानसिंह मोक्तान दोरम्बा गाउँपालिकाका अध्यक्ष हुन् ।

त्यसैगरी पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल, तुला प्रसाद कडेल, भोजराज कडेरिया, माया कार्की प्रदेश सदस्यमा चयन एका छन् । पौडेल प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद हुन् । पूर्व एमालेले सात जनाको नाम प्रदेशसभा सदस्यको लागि सिफारिस गरेपनि चार जना मात्र चयन भएका छन् । पूर्व एमाओवादी केन्द्रबाट सिफारिस गरिएका सबै सदस्य चयन भएका छन् । केही नाम भने प्रदेशले हेरफेर गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्