‘कुनै नेताको चाकडी गर्न र पदको लोभमा अध्यक्ष बनेको होइन’



राजनीति तथा समाज सेवा गर्ने उदेश्यले रामेछापमा जिपी कोइराला फाउण्डेशन गठन भएको छ । फाउण्डसले जिल्लााको सामाजिक क्षेत्रमा काम गर्ने उदेश्य लिएको छ । जिपी फाउण्डेसको अध्यक्ष रामेछाप काग्रेसका युवा नेता दिपक खड्का रहनुभएको छ । फाउण्डेसनको आगामी योजनाको बारेमा रामेछाप न्युजको लागि रामचन्द्र बिकले गरेको कुराकानीः–

दिपक खड्का अध्यक्ष, जिपी फाउण्डेसन, रामेछाप

जिपी कोइराला फउण्डेशन स्थापना गर्नुको उदेश्य के हो ?
जिपी कोइराला फाउण्डेशन भनेको स्व. गिरिजा प्रसाद कोइरालाको नाममा स्थापना भएको एक सामाजिक संस्था हो । राज्यका महत्वपूण व्यक्तित्वहरुको नममा खोलिने फाउण्डेशन जस्तै फाउण्डेशन हो । समाजमा विपन्न समुदायको साथ र सहयोगको लागि यसको स्थापना गरिएको हो ।

फाउण्डेसनलाई कसरी अगाडि बढाउनुहुन्छ ? 

म कुनै नेताको चाकाडी गर्न, ठुला नेतासँग साँठगाठ गर्न र कुनै पद पाइन्छ भन्ने हिसाबले अध्यक्ष भएको हैन् । नितान्त समाजसेवा उदेश्यले अध्यक्ष बनेको हुँ । यसको उदेश्य प्राप्तिको लागि काम गर्छु ।

फाउण्डेशनले रामेछापमा के काम गर्छ ?
यो फाउण्डेशन समाजमा रहेका गरिब, दुःखी, पिछाडिएका वर्ग, महिला, दलित, सिमान्तकृत वर्ग लगायत विविभन्न किसिमले पछाडि पारिएका समुदायको हितको लागि काम गर्छ । अब छिट्टै कार्यसमितिको बैठक मार्फत जिल्लाको दुई क्षेत्र, नगरपालिका र गाउँपालिकामा समेत समिति गठन गरी स्थानीय तहसम्म पुगेर जनतालई सेवा गर्ने योजना छ ।

गिरिजा प्रसाद कोइराला त कांग्रेसको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री समते हुनुहुन्थ्यो । यो फाउण्डेसन काग्रेसलाई मात्रै सहयोग गर्छ भन्ने आरोप पनि छ नि ?
स्वभावैले त्यो सोच्न सक्छन् । तर उहाँ देशको प्रधानमन्त्री भइसकेको मान्छे हो । जसले सबैलाई एउटै आँखाले हुर्नुहुन्थ्यो । यो संस्था विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएकाले कुनै पनि पार्टीका सदस्यहरु हेर्दैन् । म पनि नेपाली काग्रेस सदस्य हुँ । तर मैले यो संस्थाको कुनै पनि कार्यक्रममा जाँदा पार्टीको कुनै पनि कुरा गर्दिन् ।
जिपी कोइराला फाण्डेशनको जिल्लामा भर्खर गठन भए पनि यसले यस अघि पनि कार्यक्रमहरु गर्दै आएको थियो । यसलाई आधिकारिक रुपमा संस्था मार्फत देखिने गरि गर्न सकिन्छ । कुनै पनि संस्था चलाउन आर्थिक रुपमा सक्षम हुनु पर्छ । हामीले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरेर काम गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस्