९८ करोडमा रामेछापमा १२ वटा विद्यालय बन्दै



स्नेहा सिलवाल
१८ मंसिर, काठमाडौं । भुकम्पको कारण भत्किएको १२ वटा विद्यालय पुननिर्माण हुने भएको छ । ९८ करोड लगानीमा १२ वटा विद्यालयको पुननिर्माण हुन लागेको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले १२ वटा विद्यालय पुननिर्माणको लागि ठेक्का आह्वान गरेर निर्माण कम्पनी पनि छनोट भइसकेको छ । एडिबीको आर्थिक सहयोगमा रामेछापका विभिन्न क्षेत्रमा विद्यालयहरु धमाधम निर्माण भइरहेका छन् । रामेछापमा आधुनिक र सुविधा सम्पन्न २१ वटा विद्यालय पहिलो प्याकेजमा निर्माणाधिन अवस्थामा छन् ।


२१ वटा मध्ये ११ वटा विद्यालय भवनको पुनिर्माण कार्य सम्पन्न भइसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का रामेछापका प्रमुख हेमन्त बुढाथोकीले रामेछाप न्युजलाई जानकारी दिनुभयो । निर्माणाधिन अवस्थामा रहेको विद्यालय आगामी पुस÷माघसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दोस्रो प्याकेज अनुसार थप १२ वटा विद्यालयको पुननिर्माण हुन लागेको हो ।
पुननिर्माण हुन लागेको रामेछापको विद्यालयहरुमा अग्लेश्वरी मावि दिमीपोखरी,बाल मावि भिरकोट, भारती मावि मेर्घपा, माझी हरिचिण्डे मावि फुलासी, मावि ज्यामेरिखानी खिम्ती, स्थानापाटी मावि बांगेसल्ला पुरानागाउँ, तामाकोसी जनजागृत मावि लिखु, माने डाँडा पिङखुरी, महालङगुर मावि गुम्देल, मावि शिक्राल गेलु, मनकामना मावि नाटिला गेलु रहेका छन् । एडिबीको आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालयको डिजाइन र सुपरभिजन भने इआरएमसी कन्सलटेन्सी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्