दोरम्बा गाउँपालिकामा ३ नम्बर प्रदेशस्तरीय वादो कराते प्रतियोगीता हुने



नारायण श्रेष्ठ
१९ मंसिर, रामेछाप । खेलकुदको विकास गर्ने उदेश्यले रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक तीन नम्बर प्रदेश स्तरीय उपाध्यक्ष कप हुने भएको छ । मंसिर २९ देखि पुस १ गतेसम्म तीन नम्बर प्रदेशस्तरीय वादो कराते प्रतियोगतीता हुने भएको हो । दोरम्बा गाउँपालिका कार्यालय रहेको कण्ठेश्वर माविमा आयोजना हुने खेल प्रतियोगतीमा तीन नम्बर प्रदेशका १३ जिल्लाकै वादो करातेका खेलाडीहरु सहभागी हुन पाउने छन् ।


दोरम्बा गाउँपालिकाको आयोजनामा र आई.डब्लु.एफ.एन.कराते डो संघ जिल्ला डोजो रामेछापको सह–आयोजनामा कार्यक्रम हुन लागेको गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले बताउनुभो । गाउँपालिकाभित्र कराते खेल मार्पmत आगामी दिनमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने सम्भावना भएइको खेलाडीहरु भएकाले खेलाडीहरुको मनोबल उच्च बनाउनको लागि पनि खेल प्रतियोगतीता आयोजना गरिएको उहाँले बताउनुभयो ।

खेलाडी समेत रहनुभएका उपाध्यक्ष घिसिङले भन्नुभयो,‘दोरम्बा गाउँपालिकालाई खेलकुद मार्फत नमूनाको रुपमा पहिचान गराउने लक्ष्य लिएका छौ ।’
कार्यक्रम संयोजक ज्ञानबहादुर थापामगरले कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडी, कोच रेफ्रीको खाने वस्नेको व्यवस्था आयोजकले गरेको बताउदै कार्यक्रमको लागि करिब ८ लाख खर्च हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिगोतीमा १३ वटै जिल्लाबाट करिब ३ सय जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा विश्व कराते महासंघको नियमानुसार संचालन गरिने छ ।
कार्यक्रममा सांस्कृति कार्यक्रम पनि समावेश गरिएको छ । खेलाडी टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण साथै खेलकुद क्षेत्रमा योगदान गर्नहुने व्यक्तिहरूको सम्मान कार्यक्रम रहेको उपाध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्