महिला हिंसा रोक्ने अभियानमा नायिका रेखा थापा मन्थली आउदै



रामचन्द्र वि.क.

२० मंसिर, रामेछाप । नायिका एवं सामाजिक अभियन्ता रेखा थापा मन्थली आउनुहुने भएको छ । १६ दिने महिना हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक शसक्तिकरण तथा महिला जागरण केन्द्र (सेवक) नेपालको आयोजना गरेको कार्यक्रममा उहाँ मन्थली आउन लाग्नुभएको हो ।
कार्यक्रममा महिला हिंसा विरुद्धको अभियानमा साथ दिन मन्थली आउन लागेको नायिका रेखा थापाले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘महिला हिंसा रोक्न समाजमा रहेको गलत मानसिकता त्याग्नु पर्छ, दुई बर्षदेखि छोरीको निम्ति स्वर्णिम नेपाल अभियान पनि सञ्चालन हुँदै आएको छ, यसको बारेमा पनि मन्थलीमा बहस हुन्छ ।’


नायिका थापाले महिला विरुद्ध हुने हिंसाको घटना न्युनिकरण गर्नको लागि सामाजिक अभियान सञ्चालन गर्दै आउनुभएको छ । साथै तराई मधेसमा बेटी बचाउ अभियानमा पनि उहाँ सहभागी हुँदै आउनुभएको छ ।
महिला हिंसा न्युनिकरण नगरी समाजिक रुपमान्तरण सम्भव नरहेको बताउदै नायिका थापाले महिला विरुद्ध हुने हिंसा रोक्नको लागि सबैले आफ्नो दायित्व र कर्तव्य बोध गर्नुपर्नेमा जोड दिनुभयो । १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत नायिका रेखा थापालाई निमन्त्रणा गरिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले बताउनुभयो । उहाँ

ले रामेछाप न्युजसँग भन्नुभयो,‘महिला हिंसा रोक्नको लागि हामीले सामाजिका अभियानहरु सञ्चालन गर्दै आएका छौ, समाजमा हुने महिला हिंसाको घटना न्युनिकरण गर्न सबै पक्ष लाग्नु पर्छ ।’
सामुदायिक शसक्तिकरण तथा महिला जागरण केन्द्र (सेवक) नेपालका अध्यक्ष सृजना बस्नेतले आगामी दिनमा महिलाहरुले हिंसाकोको पीडा भोग्न नपरोस भन्ने उदेश्यको साथ सञ्चालन भइरहेको महिला हिंसा विरद्धको १६ दिने अभियान अन्गर्गत अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नायिका रेखा थापाद्धारा निर्मित छोरीहरुले भोगेको पीडामा निर्मित मालिका फिल्म देखाउन र महिला हिंसा रोक्ने सबालमा बहस गर्न कार्यक्रम आयोजना गरिएको हो ।’ सेवक नेपालको आयोजना र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्