मन्थली नगरपालिकाका नगर प्रमुख बस्नेतको प्रश्न–तपाईको छोरी बलत्कृत भए के गर्नुहुन्छ ?



रामचन्द्र वि.क.
२१ मंसिर, रामेछाप  l मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले महिला हिसां बिरुद्ध नगरपालिकाले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले गलत तरिकाले ब्याख्य गरेको बताउनुभएको छ ।
लैंगिक हिसां बिरुद्धको १६ दिने अभियानको सुरुवातमा नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको फोटो राखी दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकोमा कार्यक्रमको प्रसंग उठाउँदै प्रमुखले भन्नुभयो,‘अनावश्यक कुरा गरी संघीय सरकारको विरुद्धमा स्थानीय सरकार लाग्यो भन्ने कुरा गर्दै हिन्ने समाजले कसरी बलातकृत देख्छ ?


आफ्नै पार्टी नेकपाले नगरपालिकाको कार्यशैलीप्रति प्रश्न नगरप्रमुख वस्नेतले प्रतिप्रश्न गर्दै भन्नुभयो,‘ तपाइहरुको छोरी चेली बलत्कृत हुनुभयो भने सरकारको विरोध भयो भन्दै बस्नुहुन्छ ?’
लैंगिक हिसां बिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार मन्थलीमा अभियानको १३ औ दिनमा महिला हिसां विरुद्धमा रेखा थापाद्धारा निर्मित नेपाली चलचित्र ‘मालिका’ प्रर्दशन कार्यक्रम नगर प्रमुख वस्नेतले महिला हिंसा समाजलाई स्वीकाय नभएको बताउनुभयो । उहाँले लैंगिक हिसां रोक्नको लागि सबै मिलेर आवाज उठाउँनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्