मन्थलीमा १ लाख ११ हजार राशीको भलिवल प्रतियोगिती हुँदै



२२ मंसिर, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा भलिवल प्रतियोगती हुने भएको छ । दोस्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगती हुन लागेको हो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको आयोजनामा हुन लागेको दोस्रो गणेशमान सिंह स्मृती जिल्ला स्तरिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।


मंसिरको २५ गते देखि २९ गते सम्म आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्काले जानकारी दिए । राष्ट्रले भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरी सक्दा खेलाडीहरुमा भलिबल प्रतिको आकार्षण घट्दै गएकाले खेलाडी उत्पादनको लागि जिल्लाभरीका खेलाडीलाई लक्षित गरी खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।


आयोजकका अनुसार प्रतियोगितामा सहभागी भई प्रथम, द्धितिय, तृतिय र सान्तोना हुनेले क्रमशः १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५, ३३ हजार, ३ सय ३३ र ११ हजार १ सय ११ पाउँने छन् । खेलको उद्घाटन २५ गते नेपाली काग्रेसका नेता तथा पुर्व महामन्त्री प्रकाशमान सिंहले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्