रामेछापका उद्योगीको गुनासोः मन्त्री ढुंगेलको आश्वासन



रामचन्द्र वि.क.
२३ मंसिर, रामेछाप । रामेछाप जिल्लाका उद्योगी तथा व्यावसायीहरुले उद्योग सञ्चालनको लागि सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । रामेछाप उद्योग बाणिज्य संघको ११ औँ साधारणसभामा उद्योगी तथा व्यवसायीहरुले सरकारले सहयोग गर्नु पर्ने माग गरेका हुन् ।

उद्योग खोल्ने वातावरण छैनः अध्यक्ष थापा
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले उद्योगीहरुलाई बैंक तथा वित्तिय संस्थाले सहज रुपमा सहयोग नगरेकाले उद्योगहरु स्थापना हुन नसकेको गुनासो गरे । उनले उद्योग सञ्चालनको लागि लगानी मैत्री वातावरण, लगानीको सुरक्षा, उद्योग सञ्चालकको सुरक्षा लगायतमा सरकारले ध्यान दिनुपर्ने भन्दै प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको ध्यानकर्षण गराए ।

८ प्रतिशतमा ऋण दिएका बैंकले १४ प्रतिशत पु¥याएः खड्का
प्रदेश नं. ३ को उद्योग बाणिज्य संघका सदस्य पशुपती बहादुर खड्काले ८ प्रतिशत ब्याजदरमा ऋण दिएका बैंकहरुले अहिले १४ प्रतिशत ब्याजदर पु¥याएर हामी उद्योगी तथा ब्याबसायीहई उद्योगबाट हात झिक्ने अबस्थामा पु¥याएको बताएका छन् । ढुङ्गेलको ध्यानकर्षण गराउँदै बैंकहरुले मनलाग्दी तरिकाले गरेको अत्याचारप्रति प्रदेश सरकारले बैंक तथा वित्तिय संस्थालाई आफ्नो निगरानीमा राखी सबैलाई सहज हुनेगरी कारोबार गर्नमा भूमिका निर्वाह गर्न माग गरे ।


अरुको हात थाप्ने राष्ट्रले कसरी उद्योको विकास हुन्छः राजनीतिक दल
नेकपाका नेता आनन्द श्रेष्ठले रष्ट्रिय पूँजीको चरित्रमा उद्योगहरु निर्भर रहने हुँदा पूँजीमा देखिएको दलादलाई चिर्न आवश्यक रहेको बताए । सरकारको बचाउँ गर्दै सरकार निर्माण भएको करिब एक बर्षमा उद्योगीहरुको हितमा धेरै कामहरु नभए पनि आउँदा दिनमा नीतिगत समस्या देखि अन्य समस्याको समाधानमा लग्ने आश्वासन दिए ।
त्यस्तै नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले समृद्धिको नारा लिएर हिडेको सरकारले गाउँ–गाउँमा पानीको हाहाकार, मोटरबाटोको अबस्था लगायत नागरिकको दैनिक जीवनसँग जोडिएको कुरामा कुनै चासो नदिएको अरोप लगाए । उनले उद्योगीको पक्षमा काम गर्न सरकारसँग माग समेत गरे ।

खुट्टा तान्ने प्रबृतिले विकास हुँदैन्ः नगर प्रमुख बस्नेत
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले समाजका केही उच्च व्यक्तिको गलत प्रबृतिले गर्दा नगरको बिकास हुन नसकेको आक्रो पोखेका छन् । उनले भने, ‘प्रमुखले केही राम्रो काम गर्न खोज्यो, यो भएन र त्यो भएन भनेर टिप्पणी गर्न थाल्नु हुन्छ, अनि कसरी विकास हुन्छ ।’ केही काम गर्न खोज्यो भने खुट्टा तान्न मात्रै लाग्नु हुन्छ, जब सम्म यस्ता कुबिचार त्यागिन्न तबसम्म विकास हुँदैन,एकले अर्कोलाई असहयोग गरेकै कारण नगरले विकासको गति लिन नसकेको समेत उनले असन्तुष्टि पोखे ।

उद्योग स्थापना गर्न खोज्दा अबरोधः सांसद पौडेल
त्यस्तै प्रदेश नं. ३ रामेछाप क्षेत्र नं. १ का सांसद शान्तिप्रसाद पौडेलले सामान आयत गरी विक्री गर्नेहरु उद्योगी हुन नसक्ने भन्दै आफैले उत्पादन गरेका बस्तु विक्री गर्न नसक्नुमा बाणिज्य संघ दोषी रहेको बताए । उनले बाणिज्य संघले उद्योग सञ्चालन गर्न चाहानेलाई सहयोग गर्नु पर्नेमा जोड दिए । सांसद पौडेलले गिट्टी, बालुवा, ढुङ्गा लगायतका निर्माण सामाग्रीको लागि बाह्य जिल्लासँग आश्रित हुनुपरेकोमा दुख व्यक्त गर्दै जिल्लामा गिटी, बालुवा र ढुङ्गाको उद्योग खोल्नको लागि पहल गर्न खोज्दा केही व्यक्तिको कारणले उद्योगहरु खोल्न नसकेको आरोप लगाए ।


उद्योगीहरुलाई मन्त्री ढुङ्गेलको आश्वासन
प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले निजी क्षेत्र सँग मिलेर काम गर्ने बताए । ढुङ्गेलले प्रदेश सरकार देश विकासको लागि निजी क्षेत्रसँग मिलेर जान तयार रहेको बताएका हुन् । सरकारले धेरै राम्रा काम गर्दा–गर्दै पनि नराम्रा काम भएको भनेर गलत प्रचर गरिएको आरोप लगाउँदै उनले सरकारले गरेका केही राम्रा काम पनि हेरिदिन आग्रह गरे । विकासे काम र प्रतिपक्षलाई जबाफ दिदै उनले मन्त्री भएपछि जिल्लामा विकास निर्माणको काममा विशेष ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
hIW4O23dChY, qcRxZu585JzzH, 8R2wqQUBV6W, Sk9tC88chCw9, is3l, fvnd4YY, FRFq9Kwl9rn3IkaS, C8kX, Kne6LBDzso9o27K