जिसस रामेछापको दोस्रो जिल्ला सभा मन्थलीमा सुरू



२३ मंसिर, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापको दोस्रो जिल्ला सभा आजबाट सुरु भएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठ प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संयुक्त रुपमा उदघाटन गरेका छन् ।


जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले एक बर्षको कामको समिति गरिने बताउनुभयो । उहाँले समग्र जिल्लाको विकासमा स्थानीय तहले ल्याउनु पर्ने योजनाहरुको बारेमा व्यापक छलफल बताउनुभयो ।
रामेछाप न्युजसँग कुराकानी गर्दै प्रमुख खडकाले भन्नुभयो,‘हामीले धेरै कामहरु समन्वय गरेर गरेका छौँ, त्यति गर्दागर्दै पनि विगतमा गर्ने भनेका कुनै–कुनै कामहरु भएका छैनन् ।, यी कामहरु समन्वयको अभाबमा नभएको जस्तो मैले महशुस गरेको छ ।’


सभामा सभामा प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, प्रदेश नं. ३ रामेछाप क का सांसद शान्ती प्रसाद पौडेल, रामेछापका २ वटा नगरपालिकाका प्रमुख उपप्रमुख, छ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्