जनप्रतिनिधिहरुले सिसाको घरमा बसेर काम गर्नुपर्छः मन्त्री ढुंगेल



रामचन्द्र वि.क.

२३ मंसिर, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जनप्रतिनिधिहरुले पारदर्शी भएर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले जनप्रतितिहरु पारदर्शी भएर अगाडि बढेको अवस्थामा पनि लक्ष्य अनुसारको परिणाम हासिल गर्न सकिने बताउदै भ्रष्टाचारलाई निर्मूल पार्न लाग्नु पर्ने बताउनुभएको हो ।

जिल्ला समन्वय समिति रामेछापको दोस्रो सभालाई आइतवार जिल्ला सदरमुकाम मन्थलीमा सम्बोधन गर्दै मन्त्री ढुंगेलले स्थानीय तहका जनप्रतिनिधिहरुमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचनमा अगाडि सारेको घोषणापत्र अनुसार नै सरकारले काम गरिरहेको छ’, उहाँले भन्नुभयो,‘जनप्रतिनिधिहरु सिसाको घरमा बसेर काम गर्नुपर्छ, कसैले पनि प्रश्न उठाउने अवस्था सृजना गर्नु हुँदैन ।’

मन्त्री ढुंगेलले वर्तमान सरकार नेपाली मोडलको आर्थिक समृद्धि सहितको समाजवाद ल्याउने योजना सहित प्रदेश सरकार अघि बढेको बताउनुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकिकरण ल्याउन सके मात्र देशको विकास हुने भएकोले सरकार त्यहीँ अनुरुप लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्