रामेछापको विकास गर्न लागि परेको छुः सांसद श्रेष्ठ



२३ मंसिर, रामेछाप ।
रामेछापबाट निर्वाचित प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले जिल्लाको समग्र विकास गर्न अहिलेकै सरकार काफी रहेको बताउनभुएको छ । उहाँले जनताको राम्रो साथ पाएकाले जिल्लामा गर्न लागिएका नयाँ तथा अधुरा कामहरु अहिलेकै सरकारले गरेर देखाउने बताउनुभएको हो ।

सांसद श्रेष्ठले संघीय सरकारको तर्फबाट हरेक विकास निर्माणको काममा आफू लागि परेकाले जनताको चाहाना अनुसारको विकास हुनेमा ढु्क्क रहेको बताउनुभयो ।
आइतबार जिल्ला समन्वय समिति रामेछापको तेस्रो जिल्ला सभालाई सम्बोधन गर्दै पूर्व सांसद श्रेष्ठले संघीयताको बिषयमा गलत प्रचार भएपनि त्यसको पछि नलानी जनभावना अनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठले जिलला समन्य समितिले आफुले गर्नु पर्ने काम र पाएको अधिकारको बारेमा प्रष्ट रुपमा नबुझ्दा स्थानीय तहको विकास हुन नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्